काठमाडौँ । पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो आवद्ध अल नासर किंग कप अफ च्याम्पियन्सको सेमिफाइनलमा पुगेको छ ।
मंगलबार राति भएको खेलमा अल नासरले अभा क्लबलाई ३-१ गोल अन्तरले हराउँदै किंग कपको सेमिफाइनलमा पुगेको हो ।
अल नासरको जितमा सामी अल नाजेल, अब्दुल्ला अल खैबारी र मोहमद मरानले एक एक गोल गरेका थिए ।
अब अल नासरले सेमिफाइनलमा अल वेहादासँग खेल्ने छ । सेमिफाइनल खेल अप्रिल १४ मा हुने छ ।
अहिलेसम्म अल नासरले किंग कपको उपाधि ६ पटक मात्र जितेको छ । पछिल्लो पटक अल नासरले यो उपाधि १९९० मा जितेको थियो । त्यस्तै पछिल्लो पटक २०२० मा फाइनलमा पुगेर अल हिलालसँग पराजित हुदै उपविजेता बनेको थियो ।


