बुधबार, भाद्र २४ गते २०८३
images

एनआरटीलाई ३-१ ले हराउँदै मनाङले निकाल्यो दोस्रो जित

एक्सप्रेस पाना
चैत्र १, २०७९ बुधबार
  • 306
    SHARES
  • एनआरटीलाई ३-१ ले हराउँदै मनाङले निकाल्यो दोस्रो जित

    काठमाडौं । राजधानीमा जारी यस सिजनको चौथो चरणको अन्तिम खेलमा मनाङ मर्स्याङदी क्लब विजयी भएको छ ।

    images

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङले एनआरटीलाई ३-१ गोलले पराजित गरेको हो । 

    मनाङको जितमा रोशन राना मगर, सय्यदजामोल डावलाजोनो र कोफि कोदोले गोल गरे । 

    images

    पहिलो हाफको ३९औं मिनेटमा रोशनले गोल गरि पहिलो हाफ भरि १-० गोलको अग्रता दिलाए । 

    यस्तै दोस्रो हाफमा मैदान प्रवेश गरेका डावलाजोनोले ६८ औं मिनेटमा पेनाल्टी गोल गरि २-० गोलको अग्रता दिलाए । 

    खेलको ८७औं मिनेटमा कोफिले गोल गरि मनाङको ३-० गोलले अघि बडाए । तर खेलको इन्ज्युरी समयमा एनआरटिका लागि अशोक थापाले गोल गरेर खेलमा ३-१ गोलको अबस्थामा ल्याए ।

    उक्त जितसँगै मनाङले ४ खेलबाट ८ अंक जोडेको छ । यता पराजित एनआरटी भने समान खेलबाट १ अंकसहित पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल