बुधबार, भाद्र २४ गते २०८३
images

गणपूरक सङ्ख्या नपुगेपछि विधेयक पेस हुन सकेन

एक्सप्रेस पाना
फाल्गुण १०, २०८० बिहीबार
  • 297
    SHARES
  • गणपूरक सङ्ख्या नपुगेपछि विधेयक पेस हुन सकेन

    काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक, २०८० पेस गर्ने समयमा आवश्यक गणपूरक सङ्ख्या नपुगेपछि बैठक स्थगन भएको छ ।

    images

    उक्त विधेयक पेस नगर्न नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पेस गर्नुभएको विरोधको सूचनालाई सभामुख देवराज घिमिरेले बैठकमा निर्णयार्थ पेस गर्न लाग्दा नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले गणपूरक सङ्ख्या यकिन गर्न माग गरेका थिए ।

    तत्पश्चात् सभामुख घिमिरेले तीन मिनेटको जनाऊ घन्टी बजाई सचिवालयमार्फत सङ्ख्या यकिन गर्न लगाउँदा एक चौथाइ सदस्य नपुगेपछि विधेयक पेस गर्र्ने कार्यसूची हटेको हो ।

    images

    सभामा हाल कायम रहेकाको एक चौथाइ पुग्न ६९ सदस्य उपस्थित हुनुपर्नेमा ६५ सदस्य मात्रै उक्त समयमा उपस्थिति भएको जानकारी सभामुख घिमिरेले बैठकलाई गराए ।

    नेपालको संविधानको धारा ९४ बमोजिम सदनमा कुनै पनि प्रस्ताव वा विधेयक निर्णयार्थ पेसा गर्दा कम्तीमा एक चौथाइ सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ ।

    बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विसं २०७८ मा ल्याइएको दलसम्बन्धी अध्यादेश खारेज भइसकेकाले साविकको ऐनमा भएका व्यवस्थाहरु कायम राख्नका लागि विधेयक ल्याइएको जवाफ दिएका थिए ।

    नेपाल सरकारका प्रवक्ता शर्माले संविधान निर्माणका समयमा भएका छलफल र बहसलाई ध्यान दिएर संविधान बनेको र निर्वाचनसम्बन्धी कानुन बनेकाले यसको पक्ष विपक्षमा बसह गरिरहनु नपर्ने उल्लेख गरे । 

     

     

  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभा बैठक