आइतबार, कार्तिक १६ गते २०८३
images
images

स्रोतको सङ्कुचनका बाबजुद पनि वस्तुवादी बजेट आएको छ :अर्थमन्त्री पुन

एक्सप्रेस पाना
जेठ २०, २०८१ आइतबार
  • 289
    SHARES
  • स्रोतको सङ्कुचनका बाबजुद पनि वस्तुवादी बजेट आएको छ :अर्थमन्त्री पुन

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले स्रोत व्यवस्थापनमा ठूलो चुनौती देखिए पनि वस्तुवादी ढङ्गले बजेट आएको बताएका छन् । 

    images

    आइतबार बसेको प्रतिनिधीसभाको बैठकमा अर्थमन्त्री पुनले ‘आर्थिक वर्ष २०८१र८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्दै गर्दा अर्थमन्त्री पुनले बजेट ल्याउँदा स्रोत व्यवस्थापनमा ठूलो चुनौती देखिए पनि वस्तुवादी ढङ्गले बजेट आएको बताएका हुन् । 

    उनले नागरिकस्तरमा देखिएका निराशा र अर्थतन्त्रको शिथिलता चिर्ने बजेट आएको बताए । 

    images

    अर्थमन्त्री पुनले भने,"बजेट बनाउँदै गर्दा स्रोतको सङ्कुचनको अवस्था हामी सबैले महसुस गरेका थियौँ। बजेटमा निकै धेरै अपेक्षा थिए। युवालाई देशभित्रै भविष्य खोज्ने वातावरण बनाउने गरी बजेट आउँछ कि आउँदैन र निजी क्षेत्रको मनोबल उकास्न बजेटले सक्छ वा सक्दैन भन्ने थियो' । 'स्रोतको सङ्कुचनका बाबजुद पनि वस्तुवादी बजेट आयो भन्ने प्रतिक्रिया आइरहेका छन्। निजी क्षेत्रले सन्तुलित बजेट आएको भनेका छन्।"

    उनले सांसदहरुको सल्लाह र पृष्ठपोषणका आधारमा बजेट ल्याइएको उल्लेख गर्दै सरोकार भएका सबै निकाय र क्षेत्रको समेत सुझाव लिइएको जानकारी दिए । 

    अर्थमन्त्री पुनले अर्थतन्त्र पूर्ण रुपमा गतिशील अवस्थामा आइनसकेकाले जिम्मेवारीपूर्वक निजी क्षेत्रको मनोबल उठाउन जरुरी रहेको, युवामा रहेको निराशालाई चिरेर अगाडि बढ्नुपर्ने अवस्थालाई ख्याल गरिएको बताए । 

  • सम्बन्धित विषय:

  • # अर्थमन्त्री वर्षमान पुन