काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहालको अस्थीर चरित्रका कारण अहिलेको परिस्थित उत्पन्न भएको बताएका छन् ।
बिहीबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै महामन्त्री थापाले अहिले परिस्थिति आउनमा कसैको हात नभएको र विश्वास गर्न योग्य नभएका प्रचण्डको अस्थीर चरित्रका कारण उत्पन्न भएको बताएका हुन् ।
महामन्त्री थापाले भने,"अहिलेको गठबन्धनको परिस्थिति बनेको सम्पूर्ण कारण भनेको वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालको अस्थीरताको कारण हो । सरकार बनेको दुई चार महिनामा नयाँ गठबन्धन बन्थ्योरु बन्दैन थियो । प्रचण्डको यति धेरै अस्थीर चरित्र ब्यवहार नभएको भए । अहिले एमालेसँग सरकारमा बसिसकेपछि पनि नयाँ खालको लसपस र हात खुट्टा पसारी सकेपछि यो अहिलेका दुर्घटना उहाँकै कारण निम्त्याएको हो ।’ यो कसैका कारण बनेको होइन, कसैले यसलाई भत्किएको होइन् । नेपालको राजनीतिमा प्रचण्ड यति धेरै अस्थीर हुनुभयो कि उहाँसँग कसैको विश्वास रहेन र अहिलेको परिस्थित सृजना भएको हो ।"


