बुधबार, भाद्र २४ गते २०८३
images

कांग्रेस सभापति देउवा र भारतीय विदेश सचिव मिस्रीबिच भेटवार्ता

एक्सप्रेस पाना
श्रावण २७, २०८१ आइतबार
  • 341
    SHARES
  • कांग्रेस सभापति देउवा र भारतीय विदेश सचिव मिस्रीबिच भेटवार्ता

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले भेटवार्ता गरेका छन्।

    images

    आइतबार सभापति देउवाको निवास बुढानिलकण्ठमा भएको भेटवार्तामा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ।  भेटमा नेपाल–भारत सम्बन्ध र पारस्परिक हितकारी सहयोगलाई अगाडि बढाउने तथा थप सुदृढीकरण गर्ने विषयमा छलफल भएको थियो।

    भारतीय सचिव मिस्री परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुगेका हुन्।

    images

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • # सभापति देउवा
  • # सचिव विक्रम मिस्री