आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित

एक्सप्रेस पाना
भाद्र ३०, २०८१ आइतबार
  • 245
    SHARES
  • प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित

    काठमाडौं । प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । 

    images

    आइतबारका लागि तय भएको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले अवरुद्ध पार्ने निर्णय गरेसँगै सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् । 
    सचिवालयका अनुसार बैठक सोमबार दिउँसो १ बजे बस्नेछ । 

    आइतबार दिउँसो १ बजेका लागि तय भएको बैठक सहमति नजुटेकै कारण सवा ३ बजेसम्मका लागि स्थगित भएको थियो । यो बीचमा पनि सहमति जुटन नसकेपछि बैठक स्थगित भएको हो । 

    images

    संसद्‌मा रेकर्ड भएको ‘माओवादी हिंसा’ रेकर्डबाट हटाउनुपर्ने माओवादी केन्द्रको अडान रहेको छ । जसका कारण दलहरु बीच सहमति जुट्न नसक्दा प्रतिनिधिसभा बैठक प्रभावित हुन पुगेको हो।

    भदौ १२ गते संसद्‌मा एमाले सचिव योगेश भट्टराईले बोलेको ‘हिंसा’ शब्द असंसदीय नभएको सभामुखले घोषणा गरेपछि माओवादीले संसद् अवरुद्ध गर्दै आएको छ ।

  • सम्बन्धित विषय:

  • # प्रतिनिधि सभाको बैठक
  • # स्थगित