बुधबार, भाद्र २४ गते २०८३
images

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

एक्सप्रेस पाना
आश्विन ८, २०८१ मंगलबार
  • 323
    SHARES
  • दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।  

    images

    अदालतले उनका छोरा निराजन प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निदेवनमा सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो। 

    मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
    प्रसाईंले आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबी गर्दै तत्काल रिहाइका लागि अन्तरिम आदेश माग गरेका थिए। 

    images

    प्रसाईंलाई प्रहरीको साइबर ब्युरोले गत आइतबार उनकै निवास भक्तपुरबाट पक्राउ गरेको थियो।  उनी विरुद्ध साइबर ब्यूरोमा उजुरी परेको थियो ।

  • सम्बन्धित विषय:

  • # सर्वोच्च अदालत
  • # दुर्गा प्रसाईं