मंगलबार, भाद्र २३ गते २०८३
images

अघिल्लो सरकारले प्रतिबद्धता गरे अनुसार काम गर्न नसक्दा मुलुक ग्रे लिष्टमा पर्यो:अर्थमन्त्री पौडेल

एक्सप्रेस पाना
चैत्र २८, २०८१ बिहीबार
  • 401
    SHARES
  • अघिल्लो सरकारले प्रतिबद्धता गरे अनुसार काम गर्न नसक्दा मुलुक ग्रे लिष्टमा पर्यो:अर्थमन्त्री पौडेल

    काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले निवर्तमान सरकारको काम कारवाहीले गर्दा मुलुक ग्रे लिष्टमा परेको बताएका छन् । 

    images

    बिहिबार विकास, आर्थिक मामिला तथा सुशासन समिति चालु आ.व.०८१/०८२ को बजेटको खर्चको स्थिति र अगामी आ.व. ०८२/०८३ को बजेटको तयारी सम्बन्धि छलफलमा उनले पहिलाको सरकारले प्रतिबद्धता गरे अनुसार काम गर्न नसक्दा मुलुक ग्रे लिष्टमा पुगेको बताएका हुन् । उनले ग्रे लिष्टबाट बाहिर ल्याउन कार्यतालिका बनाएर अगाडि बढेको बताए । 

    उनले भने,"औपचारिक रुपमा ग्रे लिष्टमा लिष्टिङ् भएका छौं । पहिलाका काम कारवाहीले गर्दा ग्रे लिष्टमा पर्ने अवस्था बनेको हो । यो सरकार बनेपछि भएका कामहरुका कारणले मुलुक ग्रे लिष्टमा गएको होइन् ।  अगाडिको समयमा जे काम गर्नुपर्ने थियो, जे काम गर्छौ भनेर प्रतिबद्धता गरेका थियौं त्यो काम गर्न नसक्दा मुलुक ग्रे लिष्टमा पुगेको हो । ग्रे लिष्टबाट बाहिर आउने सन्दर्भमा एउटा कार्यतालिका बनाएका छौ । सोही हिसाबले कामहरु पनि अगाडि बढाउने तयारीमा छौ । समयावधीभन्दा पहिलै ग्रे लिष्टबाट बाहिर निस्किने आशा छ ।"

    images

    यसको साथै, उनले खर्चको व्यवस्थापनको सन्दर्भमा कानूनी व्यवस्था अध्यावधि गर्नुपर्ने आवश्यकता रहेको भन्दै यसले विनियोजना कौशलको पनि पुँजीगत खर्च न्यून हुनुमा भूमिका खेलेको बताए । 

    उनले भने, ‘चालु आर्थिक वर्षमा राजस्व परिचालनको लक्ष्य ३३ प्रतिशतको लक्ष्य  थियो । खर्चको व्यवस्थापनको सन्दर्भमा केही समस्याहरु छन् । सार्वजनिक खरिद ऐन, नियमावली अध्यावधिक गर्नुपर्ने कारणले गुणस्तर र निश्चित लागतमा आयोजनाहरु समयमा सम्पन्न हुन सकेको छैन् । यी समस्याहरु समाधान गर्ने हिसाबले कानूनी व्यवस्था अध्यावधि गर्नुपर्ने आवश्यकता छ ।’ 

    समितिमा बजेटको सिद्धान्त र प्राथमिकता बारे उठेको प्रश्नलाई सम्बोधन गर्दै उनले सबैभन्दा पहिला सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि त्यही अनुसार सिद्धान्त, प्राथमिकता र मिल्नेगरि बजेट निर्माण गर्ने बताए । 
    सुशासन विना विकास र समृद्धि छैन् भन्ने सोचको साथमा सरकार सबै काम कारवाहीहरुलाई सुशासनमा केन्द्रीत गरेर अगाडि बढेको पनि उनको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # विष्णु पौडेल