मंगलबार, भाद्र २३ गते २०८३
images

अन्तर्राष्ट्रिय श्रम बजारमा नेपालीहरु सम्मानित र सुरक्षित हुनुपर्छ:अर्थमन्त्री पौडेल

एक्सप्रेस पाना
चैत्र २९, २०८१ शुक्रबार
  • 242
    SHARES
  • अन्तर्राष्ट्रिय श्रम बजारमा नेपालीहरु सम्मानित र सुरक्षित हुनुपर्छ:अर्थमन्त्री पौडेल

    काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले अन्तर्राष्ट्रिय श्रम बजारमा गएका नेपालीहरुले सम्मानित र सुरक्षित ढंगले उपस्थिति जनाउनसक्ने वातावरण निर्माण गर्न आवश्यक रहेको बताएका छन् । 

    images

    शुक्रबार काठमाडौंमा आयोजित नेपाल वैदेशिक रोगगार व्यवसायी संघको ३० र ३१ औं वार्षिक साधारण सभा उद्घाटन समारोहमा बोल्दै उनले अन्तराष्ट्रिय श्रम बजारमा गएका नेपालीहरुले सम्मानित र सुरक्षित ढंगले उपस्थिति जनाउनसक्ने वातावरण निर्माण गर्न आवश्यक रहेको बताएका हुन् । 

    उनले भने,‘हामी के चाइरहेका छौ भने देशभित्र रोजगारीका अवसर सिर्जना गर्नेे भन्ने हो । र नेपाल अहिले अन्तर्राष्ट्रिय श्रम बजारमा गइरहेको छन् । जाने अवस्था छ । त्यो अन्तर्राष्ट्रिय श्रम बजारमा गएका नेपालीहरुले सम्मानित र सुरक्षित ढंगले श्रम बजारमा उहाँहरुले आफ्नो उपस्थिति जनाउनसक्ने खालको परिस्थिति निर्माण गर्नुपर्छ भन्ने पक्षमा सरकार छ ।’

    images

    त्यस्तै उनले वैदेशिक रोजगारीबाट सीप र पुँजी बोकेर फर्कने नेपालीहरुको लागि सदुपयोग गरेर राष्ट्र निर्माणमा योगदान पुर्याउन सक्ने खालको आधार निर्माण गर्नुपर्ने पनि धारणा राखे 

  • सम्बन्धित विषय:

  • # विष्णु पौडेल