आइतबार, भाद्र २८ गते २०८३
images

शिक्षा विधेयक सच्याउन माग राख्दै रास्वपा कार्यालयमा शिक्षक महासंघको धर्ना

एक्सप्रेस पाना
भाद्र १७, २०८२ मंगलबार
  • 212
    SHARES
  • शिक्षा विधेयक सच्याउन माग राख्दै रास्वपा कार्यालयमा शिक्षक महासंघको धर्ना

    काठमाडौँ  । नेपाल शिक्षक महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय वनस्थलीमा धर्ना दिएको छ । 

    images

    आन्दोलनरत महासंघले पहिलो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत राजनीतिक दलका कार्यालयमा धर्ना दिने क्रममा मंगलबार रास्वपाको पार्टीका कार्यालयमा धर्ना दिएको हो । शिक्षा विधेयक सच्याउन माग राख्दै महासंघले विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा धर्ना दिँदै आइरहेको छ । 

    धर्नामा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले धेरैले महासंघले रमिता देखाएको भनेर प्रतिक्रिया दिएकोमा आपत्ति जनाउँदै रमिता देखाउने सोचबाट भन्दा पनि विद्यालय शिक्षाको उन्नती लागि महाअभियानमा आफूहरु जुटेको बताए । विधेयकलाई उल्टो बाटो हिडाएको कारण त्यसलाई सुल्टो बाटो हिडाउन आफूहरुले माग गरेको उनले बताए । 

    images

    उनले भने,‘विधेयकलाई उल्टो बाटो हिडाइएको छ । त्यसलाई सुल्टो बाटो हिडाउनुपर्यो भन्ने माग हो । चैत्र बैशाखको आन्दोलनलाई पनि मानिसले रमिता भनेको थिए । तर यो लोकतन्त्र हो र यहाँ आफूलाई लागेको बोल्न पाइन्छ । तर रमिता देखाउने सुविधा हामीलाई छैन् । विद्यालय शिक्षाको उन्नती लागि र भोलीको गुणस्तर विद्यालय शिक्षाको लागि एउटा महाअभियानमा छौं ।’ 

    यसअघि कांग्रेस, एमाले र माओवादी, नेकपा एसको कार्यालयमा महासंघले धर्ना दिएको थियो । 

  • सम्बन्धित विषय:

  • # शिक्षक महासंघ
  • # शिक्षा विधेयक