शनिबार, भाद्र २७ गते २०८३
images

स्वास्थ्यमन्त्री पौडेलले दिए राजीनामा

एक्सप्रेस पाना
भाद्र २४, २०८२ मंगलबार
  • 323
    SHARES
  • स्वास्थ्यमन्त्री पौडेलले दिए राजीनामा

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मन्त्री पदबाट राजीनामा दिने निर्णय गरेको छ । 

    images

    हिजो भाद्र २३ गते काठमाडौँ लगायत देशैभरीका सडकमा भएको घटना लोकतन्त्र नभएको भन्दै राजीनामा दिने निर्णय गरेको हो । 

    सडक र सामाजिक सञ्जालमा उर्लिएको जेन जी पुस्ताको आक्रोश भ्रष्टाचार र कुशासनविरुद्धको स्वाभाविक र जायज खबरदारी रहेको भन्दै उनीहरूले अराजकता होईन राज्य व्यवस्थामा सुधार खोजेको बताए । 

    images

    साथै, उनले जुन मन्त्रालयको शपथ नागरिकको जीवन रक्षाका लागि लिएको थिएँ त्यही पदमा बसेर राज्यले गरेको व्यवहारको मुकदर्शक बन्न आफ्नो आत्माले नदिएको भन्दै राजीनामा दिन लागेका हुन् ।

    आजको युवा पुस्ताले सडकमा उठाएको आवाज, ऊर्जा र चेतनालाई दमन गरेर होइन, सम्मान गरेर मात्रै देश अघि बढ्न सक्ने भन्दै उनीहरूको आवाज नसुन्नु भनेको देशको भविष्यलाई अस्वीकार गर्नु रहेको पनि उनको भनाई छ ।

  • सम्बन्धित विषय:

  • # प्रदिप पौडेल