बुधबार, भाद्र २४ गते २०८३
images

संविधान दिवस फरक परिस्थितिले मनाउनुपर्ने अवस्था आयो : अध्यक्ष प्रचण्ड

एक्सप्रेस पाना
आश्विन ३, २०८२ शुक्रबार
  • 237
    SHARES
  • संविधान दिवस फरक परिस्थितिले मनाउनुपर्ने अवस्था आयो : अध्यक्ष प्रचण्ड

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ११ औँ संविधान दिवस फरक परिस्थितिले मनाउनुपर्ने अवस्था आइपरेको बताएका छन् । 

    images

    शुक्रबार संविधान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले  ०७२ मा संविधान निर्माण गरेदेखि  प्रत्येक बर्ष परिस्थिति अनुसार संविधान दिवस मनाउनुपर्ने अवस्था आएको बताएका हुन् ।

    राजनीतिक र देशको परिस्थितिले गर्दा आइपर्ने उतारचढाव अनुसार दिवस मनाउनुपर्ने अवस्था आइपरेको औंल्याए । 

    images

    जेनजी आन्दोलनका कारण उत्पन्न भएको नयाँ राजनीतिक परिस्थितिको बिचमा संविधान दिवस मनाउँदै गर्दा यसको मौलिकता र विशेषताको पनि चर्चा गर्नुपर्ने अवस्था आएको बताए । 

    त्यस्तै उनले विगतका देशमा संविधान सभाबाट संविधान बनाउने ठाँउसम्म झण्डै ७० बर्ष भन्दा लामो यात्रा तय गर्न परेको बताएका छन् ।

    उनले जनयुद्धको दिनलाई स्मरण गर्दै जुन उदेश्य, संकल्पसहित मुक्ति या मृत्युको सपथ खाएर जनयुद्धको विद्रोेहमा होमिएकाले ती संकल्प र निर्णयहरु देशलाई युगान्तकारी परिवर्तनको बाटोमा ल्याउन गोरेटो कोरेको बताए । 

    त्यस्तै उनले जनयुद्धमा हजारौंको रगत बढेका कारण मृत्यु या मरणको सपथ खाएर, निरंकुशतन्त्रका विरुद्ध, सामन्ती, निरंकुशतन्त्रका विरुद्ध र वैदेशिक दबाब हस्तक्षेपविरुद्ध एउटा विद्रोहका विरुद्ध उद्घोष गरेका कारण अहिले देशमा संविधानमार्फत उत्पीडित समुदायले संविधानमार्फत अधिकार प्राप्त  गरेको बताए । 

  • सम्बन्धित विषय:

  • # अध्यक्ष प्रचण्ड
  • # संविधान दिवस