आइतबार, कार्तिक १६ गते २०८३
images
images

'पिपुुल्स भोलेन्टियर ' ब्यूूँताउँदै नेपाल पक्ष 

एक्सप्रेस पाना
श्रावण ७, २०७८ बिहीबार
  • 399
    SHARES
  • 'पिपुुल्स भोलेन्टियर ' ब्यूूँताउँदै नेपाल पक्ष 

    काठमाडौँ ।  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ‘पीपुल्स भोलेन्टियर’ पीभी ब्यूँताउँदै छ। एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले युथफोर्स ब्यूँताएपछि नेपाल पक्षले एमालेकै आठौँ महाधिवेशनबाट विघटन भएको पीभी ब्यूँताउन लागेको हो।

    images

    पीभीको घोषणा आज भक्‍तपुरको थापा पार्टी प्यालेसमा १२ बजे माधवकुमार नेपालले एक कार्यक्रमकाबीच गर्ने युवासंघका उपमहासचिव सञ्जीप राईले जानकारी दिए। त्यसो त नेपाल समूहको अखिलले यूथफोर्सलाई प्रतिवाद गर्न भन्दै तपेन्द्रजंग शाहीको संयोजकत्वमा अखिल फोर्स गठन गरिसकेको छ।