मंगलबार, भाद्र २३ गते २०८३
images

रास्वपाको बहुमतपछि बालेन सिधै प्रधानमन्त्री, विश्वासको मत लिनु नपर्ने

एक्सप्रेस पाना
फाल्गुण २७, २०८२ बुधबार
  • 203
    SHARES
  • रास्वपाको बहुमतपछि बालेन सिधै प्रधानमन्त्री, विश्वासको मत लिनु नपर्ने

    काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट बहुमत प्राप्त गर्ने अवस्था देखिएसँगै पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बन्ने सम्भावना बढेको छ।

    images

    नेपालको संविधानअनुसार कुनै दलले प्रतिनिधिसभामा एकल बहुमत हासिल गरेमा सोही दलको संसदीय दलका नेता प्रधानमन्त्री नियुक्त हुने व्यवस्था छ। नेपालको संविधान धारा ७६ को उपधारा (१) ले यही प्रावधान उल्लेख गरेको छ।

    यसै व्यवस्थाअनुसार बालेन्द्र शाह धारा ७६(१) अनुसार प्रधानमन्त्री नियुक्त हुन सक्छन्। यस्तो अवस्थामा प्रधानमन्त्री बनेपछि संसदबाट विश्वासको मत लिनुपर्ने आवश्यकता पर्दैन।

    images

    निर्वाचनअघि नै पार्टीले बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेर मत मागेको थियो। त्यसैले सरकार गठनका क्रममा पार्टीले उनलाई नै प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्ने बताइएको छ । 

    संविधानमा स्पष्ट बहुमत प्राप्त दलको नेता प्रधानमन्त्री नियुक्त भएको अवस्थामा विश्वासको मत लिनुपर्ने बाध्यता नरहने उल्लेख छ। तर कुनै पनि दलले एकल बहुमत नल्याएको अवस्थामा भने गठबन्धन सरकार वा ठूलो दलको नेतृत्वमा बन्ने सरकारका प्रधानमन्त्रीले संसदबाट अनिवार्य रूपमा विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको छ।

    रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट ल्याएको छ भने समानुपातिकमा केहि मत गणना हुन बाकी रहँदा ५१ लाख ३६ हजार मत ल्याइसकेको छ । 

     

  • सम्बन्धित विषय:

  • # विश्वासको मत
  • # बालेन