आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक बस्दै,संसदमा उठेका प्रश्नहरूको जवाफ दिदैँ प्रधानमन्त्री

एक्सप्रेस पाना
बैशाख ३०, २०८३ बुधबार
  • 100
    SHARES
  • प्रतिनिधिसभाको बैठक बस्दै,संसदमा उठेका प्रश्नहरूको जवाफ दिदैँ प्रधानमन्त्री

    काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सुरु हुनेछ ।

    images

    आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३÷०८४ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

    आजै नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूचीमा उल्लेख छ । प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

    images

    बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र छलफल हुनेछ ।

  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभाको बैठक