आइतबार, कार्तिक १६ गते २०८३
images
images

सदनमा प्रधानमन्त्रीको निरन्तर अनुपस्थितिप्रति सांसद राईको आपत्ति

एक्सप्रेस पाना
बैशाख ३०, २०८३ बुधबार
  • 38
    SHARES
  • सदनमा प्रधानमन्त्रीको निरन्तर अनुपस्थितिप्रति सांसद राईको आपत्ति

    काठमाडौं । सांसद निस्कल राईले प्रधानमन्त्रीको निरन्तर अनुपस्थितिप्रति आपत्ति जनाएका छन् ।

    images

    बुधबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले सदनमा प्रधानमन्त्रीको उपस्थिति खोजिएको भए पनि प्रधानमन्त्री उपस्थित नभएको बताएका हुन् ।

    उनले भने, "सासदहरुले सदनमा प्रधानमन्त्रीको उपस्थिति खोज्नु भयो । आज पनि अवस्था उस्तै छ । सदनमा प्रधानमन्त्रीको उपस्थिति छैन । आफैले बनाएको नीति तथा काय क्रममा उठेको प्रश्नको जवाफ दिने क्रममा कार्य सूचि आज देखिएको छ । तर सदन प्रधानमन्त्रीलाई देखेनै ।"

    images

    सांसद राईले संसदको गरिमा र प्रतिष्ठा जोगाउने जिम्मेवारी सभामुखको भएको उल्लेख गर्दै सभामुखले सदनको इज्जत कायम राख्न नसके कसैले पनि संसदको गरिमा बढाउन नसक्ने धारणा राखे ।

    उनले भने, ‘सभाको गरीमा बढाउने र इज्जत जोगाउने सभामुखको हो । सभामुखले सभाको इज्जत राख्न सक्नु भएन भने कसैले पनि सभाको गरीमा बढाउन सक्दैनन् । सभामुख मार्फत तत्काल प्रधानमन्त्रीलाई सदनमा बोलाउन आग्रह गर्दछु । ’

    उनले सभामुखमार्फत तत्काल प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन आग्रह समेत गरे ।

  • सम्बन्धित विषय:

  • # निस्कल राई