आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रधानमन्त्री अनुपस्थित हुँदा प्रतिनिधि सभामा विपक्षी दलहरूको विरोध

एक्सप्रेस पाना
बैशाख ३०, २०८३ बुधबार
  • 129
    SHARES
  • प्रधानमन्त्री अनुपस्थित हुँदा प्रतिनिधि सभामा विपक्षी दलहरूको विरोध

    काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री अनुपस्थित रहेपछि विपक्षी दलहरूले विरोद्ध गरेका छन् । 

    images

    बुधबार बसेको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी नभएको भन्दै विपक्षी दलका सांसदहरू उठेर विरोध जनाएका हुन् ।

    बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गर्ने कार्यसूची प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्रीले प्रस्ताव प्रस्तुत गर्न खोजेपछि सदनमा होहल्ला भएको थियो ।

    images

    श्रम संस्कृति पार्टीका नेता हर्क साम्पाङले प्रधानमन्त्री राजीनामा माग गर्दै बैठकबाट बाहिरिएका छन् ।

    विपक्षी दलहरूले महत्वपूर्ण विषयमा प्रधानमन्त्री स्वयं संसदमा उपस्थित हुनुपर्ने अडान राखेका छन् । 

  • सम्बन्धित विषय:

  • # प्रतिनिधि सभाको बैठक