आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुकुम्वासीमाथि सरकारको अमानवीय व्यवहार:सांसद बराल

एक्सप्रेस पाना
जेठ ६, २०८३ बुधबार
  • 148
    SHARES
  • सुकुम्वासीमाथि सरकारको अमानवीय व्यवहार:सांसद बराल

    काठमाडौं । नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले सरकारले सुकुम्वासीमाथि अमानवीय व्यवहार गरेको आरोप लगाएका छन् ।

    images

    बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले सरकारले पर्याप्त तयारी र भरपर्दो बसोबासको व्यवस्था नगरी सुकुम्वासीलाई उनीहरू बसोबास गरिरहेको स्थानबाट हटाएको भन्दै आपत्ति जनाए ।

    उनले सरकारले जेठ, असार र साउन गरी तीन महिनासम्म प्रतिपरिवार १५/१५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय व्यावहारिक नभएको बताए । "पाँच जनाको परिवारलाई हिसाब गर्दा प्रतिव्यक्ति दैनिक करिब एक सय रुपैयाँ मात्रै पर्छ । यस्तो रकमले काठमाडौं आसपासमा कसरी जीवनयापन सम्भव हुन्छ ?’"उनले प्रश्न गरे ।

    images

    सांसद बरालले सरकारको कदमलाई सुकुम्वासीमाथि गरिएको ‘ठूलो अमानवीय हमला’ को संज्ञा दिए । उनले अस्थायी बसोबासका लागि सरकारले दिने भनेको २५ हजार रुपैयाँले समस्या समाधान नहुने उल्लेख गर्दै, "उनीहरू जहाँ बसिरहेका थिए, त्यही नै उनीहरूको अस्थायी बसोबास थियो । अब स्थायी व्यवस्थापन गर्नुपर्ने बेला सरकारले जबरजस्ती हटाएको छ,"उनले भने।

    उनले सुकुम्वासीको दीर्घकालीन व्यवस्थापनका लागि सरकारले ठोस योजना ल्याउनुपर्ने माग समेत गरे ।

  • सम्बन्धित विषय:

  • # गुरुप्रसाद बराल