बुधबार, भाद्र २४ गते २०८३
images

संसदमा अमर्यादित व्यवहारपछि सभामुखले ऐन महर, ध्रुव र आर्यन राईलाई भने, ‘आफ्नो भाषा सुधार्नुस्’

एक्सप्रेस पाना
जेठ १७, २०८३ आइतबार
  • 156
    SHARES
  • संसदमा अमर्यादित व्यवहारपछि सभामुखले ऐन महर, ध्रुव र आर्यन राईलाई भने, ‘आफ्नो भाषा सुधार्नुस्’

    काठमाडौं । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले एमालेका सांसद ऐनबहादुर महर र श्रम संस्कृतिका ध्रुवराज राई तथा आरएन राईले मर्यादा कायम नगरेको भन्दै सचेत गराएका छन् ।

    images

    उनीहरूलाई भाषा सुधार्न सभामुख अर्यालले ध्यानाकर्षण भएको भन्दै सचेत गराएका हुन् ।

    सभामुखले भने, ‘मैले मान्य सदस्यले मागे अनुसारको आकस्मिक समय दिइरहेको छु । व्यवस्था गरिरहेको छु । तर मान्य सदस्यहरुले सदनमा देखाउनु भएको व्यवहारप्रति मेरो ध्यानाकर्षण भएको छ । मान्य सदस्यहरुलाई आफ्नो भाषा सुर्धान म ध्यानाकर्षण गराउँछु ।’

    images

    आइतबार प्रधानमन्त्री बालेन्द्र शाह बोलेर सकेपछि सांसदहरू महर र राईले सभामुखले समय नदिएकै समयमा पनि उठेर अमर्यादित व्यवहार देखाएको भन्दै सभामुख अर्यालले सचेत गराए ।

  • सम्बन्धित विषय:

  • # संसद्