काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत प्रस्थान गरेका छन् ।
भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा साभापति लामिछाने र उनकी पत्नी निकिता पौडेलसहितको टोली भारत भ्रमणमा निस्किएको हो ।
भ्रमणका क्रममा उनले नयाँदिल्लीमा भाजपा नेतृत्व तथा अन्य उच्चस्तरीय राजनीतिक व्यक्तित्वहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ। उनी जेठ १८ देखि २२ गते सम्म भारत भ्रमणमा रहने छन् ।


