मंगलबार, भाद्र २३ गते २०८३
images

रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता

एक्सप्रेस पाना
जेठ २०, २०८३ बुधबार
  • 69
    SHARES
  • रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता

    काठमाडौँ ।  भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द मोदीलाई भेटेका छन् । 

    images

    बुधबार भएको भेटपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेसँगको तस्बिर सार्वजनिक गर्दै नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।


    मोदीले आफ्नो स्टाटसमा लामिछानेसँग भेट गर्न पाएकोमा खुशी व्यक्त गर्दै साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्ने उनको चाहनालाई आफूले स्वागत गरेको उल्लेख गरेका छन् । उनले नेपाललाई भारतको छिमेकी पहिलो नीतिअन्तर्गत प्राथमिक साझेदारका रूपमा रहेको बताएका छन् । प्रधानमन्त्री मोदीले नेपालसँगको विशेष र बहुआयामिक सम्बन्धलाई अझ सुदृढ बनाउन भारत प्रतिबद्ध रहेको उल्लेख गर्दै नयाँ सरकारसँग सहकार्य गरेर दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउने अपेक्षा व्यक्त गरेका छन् ।

    images

    रास्वपा सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले भारतीय राजनीतिक नेतृत्वसँग विभिन्न चरणमा भेटवार्ता गरिरहेको छ । मोदीसँगको भेटलाई नेपाल–भारत सम्बन्ध तथा दुई देशबीचको राजनीतिक संवादलाई थप मजबुत बनाउने अवसरका रूपमा हेरिएको छ ।

    मोदीले सार्वजनिक गरेको सन्देशले नेपाललाई भारतको विदेश नीतिमा उच्च प्राथमिकतामा राखिएको संकेत गरेको विश्लेषण गरिएको छ । साथै, उनले दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक, आर्थिक तथा जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउने दिशामा सहकार्य विस्तार हुने विश्वास व्यक्त गरेका छन् ।

    भारत र नेपालबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई अझ मजबुत बनाउँदै विकास र समृद्धिका साझा लक्ष्यतर्फ अघि बढ्ने अपेक्षा गरिएको छ।

  • सम्बन्धित विषय:

  • # सभापति लामिछाने
  • # नरेन्द्र मोदी