मंगलबार, भाद्र २३ गते २०८३
images

रास्वपाको जिल्ला अधिवेशन, आइतबार २९ जिल्लामा हुँदै

एक्सप्रेस पाना
जेठ २४, २०८३ आइतबार
  • 100
    SHARES
  • रास्वपाको जिल्ला अधिवेशन, आइतबार २९ जिल्लामा हुँदै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा)को जिल्ला अधिवेशन आज पनि हुँदैछ ।

    images

    आज (आइतबार) देशका विभिन्न २९ जिल्लामा अधिवेशन हुने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । 

    आज कोशी प्रदेशका ४ जिल्लामा, मधेश प्रदेशका ४ जिल्लामा, बागमती प्रदेशका २ जिल्लामा, गण्डकी प्रदेशका ४ जिल्लामा, लुम्बिनी प्रदेशका ३ जिल्लामा, कर्णाली प्रदेशका ६ जिल्लामा र सुदुर पश्चिम प्रदेशका ६ जिल्लामा अधिवेशन हुदै छ । शनिबार विभिन्न ३६ जिल्लामा अधिवेशन भएको थियो ।

    images

    संगठनको विशेष परिस्थितिका कारण बारा जिल्ला अधिवेशन जेष्ठ २६ गते हुने भएको छ । 

    रास्वपाले प्रथम राष्ट्रिय महाधिवेशन अगावै ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने तयारी रहेको छ ।

    योसँगै पार्टीको मुख्य संगठन रहेको अधिकांश जिल्लाको अधिवेशन सम्पन्न हुनेछ । बाँकी १० जिल्लाको अधिवेशन राष्ट्रिय महाधिवेशन पछि गर्ने भएको हो 

  • सम्बन्धित विषय:

  • # रास्वपा