मंगलबार, भाद्र २३ गते २०८३
images

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक ५ लाख नाघ्यो, ६ लाख पुग्ने अनुमान

एक्सप्रेस पाना
जेठ २६, २०८३ मंगलबार
  • 57
    SHARES
  • कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक ५ लाख नाघ्यो, ६ लाख पुग्ने अनुमान

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका ५ लाखभन्दा बढी क्रियाशील सदस्यहरूले सदस्यता अद्यावधिक गरिसकेको जानकारी दिएका छन् । 

    images

    चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति थापाले सोमबार साँझसम्मको बैठकको तथ्याङ्कअनुसार आफैंले आवेदन दिएका र प्रक्रियाबाट आएका गरी संख्या पाँच लाख प्लस भइसकेको बताएका हुन् ।

    पार्टीको १५ औं महाधिवेशनका लागि यसअघि ७ लाख ८ हजार क्रियाशील सदस्यता नवीकरण गरिएको थियो । नवीकरण संख्याको तुलनामा सदस्य घट्नुको कारणबारे स्पष्ट पार्दै थापाले भने, ‘जो साथीहरू अधिवेशनका लागि मात्रै क्रियाशील बन्नुभएको वा बनाइनुभएको थियो, त्यस्ता साथीहरू क्रियाशील सदस्य बनिरहने कुरा नहोस् भन्ने नै हाम्रो चाहना हो ।

    images

    उनले यसपटक कसैले अर्को व्यक्तिको सदस्यता बनाइदिने परिपाटी अन्त्य गरिएको र सदस्य बन्न व्यक्ति स्वयं सहभागी हुनुपर्ने नियम अनिवार्य गरिएको बताए ।

    यस प्रक्रियाबाट पार्टीमा ६ देखि साढे ६ लाख वास्तविक क्रियाशील सदस्य अद्यावधिक हुने र यो संख्या आफूहरूले अपेक्षा गरेकै आकार भएको उनको भनाइ थियो ।

    सभापति थापाका अनुसार आगामी जेठ २८ गतेभित्र अद्यावधिकको काम सम्पन्न गरी बाँकी प्राविधिक कार्य पूरा गरिनेछ । त्यसपछि महाधिवेशनका अन्य नियमित प्रक्रियाहरू अगाडि बढ्नेछन् ।

    साथै, पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि उपसभापति विश्वप्रकाश शर्माले असन्तुष्ट नेताहरूसँग संवाद गरिरहेको समेत उनले जानकारी दिए । चितवनको कार्यक्रम सकेर थापा गोरखा जाने कार्यक्रम छ । 

  • सम्बन्धित विषय:

  • # कांग्रेस