बुधबार, भाद्र २४ गते २०८३
images

परराष्ट्रमन्त्रीको प्रष्टोक्ति:प्रधानमन्त्रीले उठाएको विषय दशगजा अतिक्रमणसँग सम्बन्धित

एक्सप्रेस पाना
जेठ २७, २०८३ बुधबार
  • 133
    SHARES
  • परराष्ट्रमन्त्रीको प्रष्टोक्ति:प्रधानमन्त्रीले उठाएको विषय दशगजा अतिक्रमणसँग सम्बन्धित

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संसदमा प्रधानमन्त्री बालेन शाहले उल्लेख गरेको विषय मूलतः दशगजा क्षेत्रको अतिक्रमण र ‘क्रस बोर्डर अकुपेशन’ (सीमापार भू–उपयोग) सँग सम्बन्धित रहेको स्पष्ट पारेका छन्।

    images

    बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री खनालले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर उठेका जिज्ञासाबारे स्पष्टीकरण दिँदै उनले यस्तो बताएका हुन्।

    उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय मूलतः दशगजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित छन्। नेपाल–भारत सीमा निर्धारण गर्दा नदी सीमाना क्षेत्रमा ‘फिक्स बाउन्ड्री प्रिन्सिपल’ अवलम्बन गरिएकोले सीमापार भू–उपयोगको अवस्था देखिएको छ।’

    images

    मन्त्री खनालका अनुसार उक्त व्यवस्थाका कारण एक देशका नागरिकले अर्को देशको भू–भागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोवास गर्ने अवस्था कतिपय स्थानमा रहेको छ।

    उनले नेपाल–भारतबीचको लामो खुला सीमालाई व्यवस्थित र वैज्ञानिक ढंगले व्यवस्थापन गर्न दुवै देशका सीमा सम्बन्धी संयन्त्र र प्राविधिक टोली सक्रिय रहेको जानकारी दिए। 

    ‘नक्साङ्कन भएका क्षेत्रमा सीमास्तम्भ निर्माण तथा मर्मत, दशगजा क्षेत्रको अतिक्रमण र क्रस बोर्डर अकुपेशनको लगत संकलनका लागि दुई देशका प्राविधिक टोलीहरू क्रियाशील छन्,’ उनले भने।

    मन्त्री खनालले लामो समयदेखि अवरुद्ध रहेको नेपाल–भारत संयुक्त प्राविधिक समितिको काम पुनः सञ्चालनमा आएको उल्लेख गर्दै हाल सीमाक्षेत्रमा संयुक्त रूपमा तथ्यांक तथा लगत संकलनको काम भइरहेको जानकारी दिए।

  • सम्बन्धित विषय:

  • # शिशिर खनाल
  • # दशगजा