आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक बस्दै:बजेटमाथि छलफल जारी, अर्थमन्त्री वाग्लेले दिनेछन् जवाफ

एक्सप्रेस पाना
जेठ २८, २०८३ बिहीबार
  • 104
    SHARES
  • प्रतिनिधिसभाको बैठक बस्दै:बजेटमाथि छलफल जारी, अर्थमन्त्री वाग्लेले दिनेछन् जवाफ

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (बिहीबार) बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । 

    images

    आजको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहनेछ । बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले छलफलका क्रममा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ । 

    अर्थमन्त्री वाग्लेले विनियोजन विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । 

    images

    बैठकमा अर्थमन्त्री वाग्लेले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची छ । 

  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभाको बैठक