मंगलबार, भाद्र २३ गते २०८३
images

विष्णु पौडेललाई थप ३ दिन हिरासतमा राख्न अदालतको आदेश

एक्सप्रेस पाना
आषाढ १५, २०८३ सोमबार
  • 130
    SHARES
  • विष्णु पौडेललाई थप ३ दिन हिरासतमा राख्न अदालतको आदेश

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानका लागि विशेष अदालतले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।

    images

    सोमबार विशेष अदालतका सदस्य न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले अनुसन्धान जारी राख्न आवश्यक ठहर गर्दै पौडेलको हिरासत अवधि तीन दिन थप गर्ने आदेश दिएको हो।

    यसअघि अदालतले पौडेललाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको थियो। प्रहरीले गत सोमबार पौडेललाई सुर्खेतको वीरेन्द्रनगरबाट पक्राउ गरेको थियो।

    images

     

  • सम्बन्धित विषय:

  • # विष्णु पौडेल