काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतले थप ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
बिहिबार विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले अनुसन्धानका लागि पौडेलको म्याद थप ६ दिन बढाउने आदेश दिएको हो।
पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। पक्राउपछि विशेष अदालतले पहिलोपटक ७ दिन हिरासतमा राख्न अनुमति दिएको थियो। त्यसपछि असार १५ गते थप ३ दिन म्याद थप गरिएको थियो।


