आइतबार, कार्तिक १६ गते २०८३
images
images

महन्थ ठाकुरको ' हेड काउन्ट ' सुनुवाई आज हुदैँ 

एक्सप्रेस पाना
श्रावण १०, २०७८ आइतबार
  • 312
    SHARES
  • महन्थ ठाकुरको ' हेड काउन्ट ' सुनुवाई आज हुदैँ 

    काठमाडौँ । जनता समाजवादी पार्टी जसपा अध्यक्ष महन्थले हेड काउन्ट रोक्न  मागमा दायर गरेको रिटमाथी आइबार सर्वोच्च अदालतमा सुनुवाई हुदैँछ ।   जसपा आधिकारिकता विवादमा निर्वाचन आयोगले सोमबार गर्ने भनेको ‘हेड काउन्ट’ रोक्न माग गर्दै ठाकुरले दायर गरेको रिटमाथि सुनुवाइ हुन लागेको हो। सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा आठौँ नम्बरमा रिटको सुनुवाइ तोकिएको छ।

    images

    अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगमा पार्टी आधिकारिकताको दाबी गरेका छन्। यादवको दाबीमाथि सुनुवाइ गर्दै आयोगका प्रमुख आयुक्त दिनेश थपलिया नेतृत्वको इजलासले सोमबार ११ बजे केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको सनाखत गर्न आदेश सुनाएको छ।

    केन्द्रीय कार्यकारिणी समितिमा अल्पमतमा परेका ठाकुरले सनाखतका लागि आयोगले जारी गरेको आदेश रोक्न शुक्रवार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

    images