आइतबार, कार्तिक १६ गते २०८३
images
images

 स्वास्थमन्त्री नियुक्त गर्ने प्रधानमन्त्री देउवाको तयारी   

एक्सप्रेस पाना
श्रावण १०, २०७८ आइतबार
  • 332
    SHARES
  •  स्वास्थमन्त्री नियुक्त गर्ने प्रधानमन्त्री देउवाको तयारी   

    काठमाडौँ ।  स्वास्थमन्त्री नियुक्त गर्ने प्रधानमन्त्री शेरबहादुर  देउवाको तयारी  रहेको छ ।    शेरबहादुर देउवाले प्रधानमन्त्रीको शपथ लिएको १३ दिन भइसक्दासमेत मन्त्रीपरिषद्  बिस्तारबारे अन्यौलता कायमै रहेको छ । सत्तामा गएका काँग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षबीच सरकारमा सहभागी हुन चाहनेको संख्या धेरै हुँदा मन्त्रीपरिषद्  बिस्तार प्रभावित भएको हो।

    images

    सरकार सहभागी हुनेको नाम टुंगो लगाउन प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रलाई हम्मेहम्मे परेको छ। उता पार्टीको आधिकारिकता विवाद उत्कर्षमा पुगेका कारण जसपाको उपेन्द्र यादव पक्षले पनि आफ्नातर्फबाट नाम सिफारिस गर्न सकेको छैन।

    सरकारका न्यूनतम साझा कार्यक्रम तथा सहभागीहरूको नाम टुंगो लगाउन काँग्रेस नेता पूर्णबहादुर खड्काको संयोजकत्वमा कार्यदल गठन भए पनि त्यसले काम गर्न सकेको छैन। मन्त्रिपरिषद् बिस्तार कहिले हुन्छ भन्ने प्रश्नमा खड्का आफूलाई त्यसबारे केही जानकारी नभएको बताउँछन्।

    images

    यद्यपि प्रधानमन्त्री देउवाले आजै स्वास्थ्यमन्त्री नियुक्ति गर्ने तयारी गरेको बताइएको छ। मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा प्रधानमन्त्री नै आलोचित हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मात्र भए पनि विभागीय जिम्मेवारी दिने मनस्थिति प्रधानमन्त्री देउवाले बनाएका हुन्। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालयमा दाबी प्रस्तुत गरेको सत्तारूढ घटक जसपालाई मन्त्रीको नाम दिन आग्रह गरिसकेका छन्। यसबारेमा आन्तरिक बहस भईरहेको छ ।