आइतबार, कार्तिक १६ गते २०८३
images
images

 स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त 

एक्सप्रेस पाना
श्रावण १०, २०७८ आइतबार
  • 324
    SHARES
  •  स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त 

    काठमडौँ । नेपाली कांग्रेसका सांसद तथा निजी विद्यालय संचालक उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्री शेरबहादुर देउवाले नै लिएका छन् । श्रेष्ठको सपथ कार्यक्रम प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा साँझ ५ बजे तय गरिएको छ ।

    images

    हात्तीवनस्थित लिटिल एन्जल्स स्कूलका सञ्चालकसमेत रहेका सांसद श्रेष्ठ प्याब्सन र उच्च माध्यमिक विद्यालयहरूको संगठन हिसान का संस्थापक अध्यक्षसमेत हुन् ।


    भोजपुर घर भएका श्रेष्ठको थुप्रै व्यवसायिक क्षेत्रमा लगानीसमेत छ । दोस्रो संविधानसभामा उनी २६ मनोनीत सभासद्मा परेका थिए । श्रेष्ठ हाल संघीय संसदमा नेपाली कांग्रेसबाट समानुपातिकतर्फका सांसद छन् ।

    images

    शैक्षिक क्षेत्रका व्यवसायी श्रेष्ठ पछिल्लो समय जलविद्युत र अस्पतालमा लगानी गरिरहेका छन् । यो वर्षमात्र उमेशले विभिन्न अस्पतालहरूको चेन बनाउने भन्दै ५० करोड लगानी गर्ने सार्वजनिक घोषणा गरेका थिए । श्रेष्ठले होटल, कृषि र निजी वनमा समेत लगानी गरेका छन् । जनमैत्री, महेन्द्रनारायण निधी अस्पताललगायतमा उनको लगानी छ ।

    2.-मा.-मन्त्रीको-कार्यभार-तोक्नु-भएको_विज्ञप्ति-_2078-4-10-1-1489x2048.jpg