आइतबार, कार्तिक १६ गते २०८३
images
images

चित्रबहादुर केसीको गठबन्धनबाट निस्कने संकेत

एक्सप्रेस पाना
श्रावण १३, २०७८ बुधबार
  • 496
    SHARES
  • चित्रबहादुर केसीको गठबन्धनबाट निस्कने संकेत

    काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टी गठबन्धनबाट बाहिरिने चेतावनी दिएका छन्।प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्तारुढ गठबन्धनको बैठकमा उनले यस्तो चेतावनी दिएका हुन्।

    images

    केसीले गठबन्धनले सधैं संघीयताकै रटान लगाउने र एमसीसीकै कुरा गर्ने हो भने आफ्नो पार्टी गठबन्धनबाट बाहिरिने बताए। एक नेताका अनुसार उनले संघीयताको विषयमा पनि विरोध जनाएका थिए।

    बैठकमा केसीले नेपाली जनता कोभिडविरुद्धको खोप नपाएर अकालमा ज्यान गुमाउन बाध्य भइरहेको अवस्थामा गठबन्धनको सरकार गम्भीर बन्न नसकेको आरोप लगाए। केसीले बैठकमा एमसीसीको विरोध पनि गरेका थिए। उनले बैठकमा गठबन्धन संघीयता र एमसीसीको पछि लाग्ने हो भने आफूहरु प्रतिपक्षमा बस्ने चेतावनी दिएका थिए।

    images