आइतबार, कार्तिक १६ गते २०८३
images
images

सबै नागरिकलाई  खोप उपलब्ध गराउन सरकारलाई आग्रह 

एक्सप्रेस पाना
श्रावण १६, २०७८ शनिबार
  • 300
    SHARES
  • सबै नागरिकलाई  खोप उपलब्ध गराउन सरकारलाई आग्रह 

    काठमाडौँ, १६ साउन  शनिबार बिहान काठमाडौंमा भएको एक कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोनाको तेस्रो लहरको जोखिम बढेकाले सबैलाई खोपको व्यवस्था गर्न सरकारले विशेष तयारी गर्नुपर्ने बताए ।

    images

    प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण नागरिकलाई खोप उपलब्ध गराउने बताइसकेकाले सोहीअनुसार काम थाल्न सिंहको आग्रह थियो ।कोरोना संक्रमणको तेस्रो लहरको जोखिम उच्च छ । यस्तो बेला सरकारले कोरोना विरुद्धको खोप सम्पूर्ण नागरिकलाई व्यवस्था गर्नुपर्छ, सिंहले भने, ‘प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले सम्पूर्ण नागरिकलाई खोप उपलब्ध गराउने बताइसक्नु भएको छ । विश्वास गरौं काम पनि त्यसै अनुसार हुनेछ ।’