काठमाडौँ । ४ पूर्वमाओवादी नेताहरुले दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ। पार्टी विभाजनपछि एमालेमा नै बसेका चार पूर्वमाओवादी नेताहरुले दायर गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो।
पूर्वमन्त्री समेत रहेका नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरीले सर्वोच्चमा पद पुनर्बहालीको मागसहित रिट दायर गरेका थिए।
यसअघि बुधबार हेर्न नभ्याइनेमा राखिएको मुद्दा आज न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा पेसी तोकिएको छ। उनीहरुले आफूहरु एमालेमा रहेपनि एमाले प्रवेश नगरेको जिकिरसहित साउन १३ गते सर्वोच्चमा रिट दर्ता गर्दैै पद पुनर्बहालीको माग गर्दै रिट दर्ता गरेका थिए।
२०७७ फागुन २३ गते सर्वोच्च अदालतले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० खारेजी गरी पार्टीलाई पूर्ववत् रुपमा फर्काइदिएको थियो। मुद्दा दर्ता गर्ने ४ सांसदसहित गरी ८ जना नेताहरु एमालेमा नै बस्ने बसेका थिए। ओली नेतृत्वको सरकारमा मन्त्रीसमेत रहेका उनीहरुलाई माओवादी केन्द्रले कारबाही गरेपछि पदविहीन भएका थिए।
.jpg)


