काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शीर्ष नेताको बैठक बस्दै छ। चाक्सिबारीस्थित प्रकाशमान सिंहको निवासमा दिउँसो दुई बजे पौडेल पक्षको बैठक बस्न लागेको एक नेताले बताए ।
बैठकमा आसन्न १४औँ महाधिवेशनको विषयमा छलफल हुने उनको भनाइ छ। साथै बैठकमा क्रियाशील सदस्यता तथा यसअघि स्थगित भएको तल्लो तहको अधिवेशनको विषयमा समेत छलफल हुने जनाइएको छ।
.jpg)

