आइतबार, कार्तिक १६ गते २०८३
images
images

आगामी रणनीतिबारे छलफल गर्न नेपाल पक्षको बैठक शुरु, यस्तो छ तयारी  

एक्सप्रेस पाना
श्रावण २१, २०७८ बिहीबार
  • 331
    SHARES
  • आगामी रणनीतिबारे छलफल गर्न नेपाल पक्षको बैठक शुरु, यस्तो छ तयारी  

    काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षको केन्द्रीय सदस्यहरूको बैठक शुरु भएको छ। काठमाडौंको नयाँ बानेश्वरमा केही बेरअघिबाट बैठक सुरु भएको केन्द्रीय सदस्य मेटमणि चौधरीले जानकारी दिए।

    images

    चौधरीकाअनुसार बैठकमा सामसामयिक राजनीतिक र आगामी रणनीतिबारे छलफल हुनेछ। ‘बैठक आजै टुङिगन्छ,’ उनले भने, ‘वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल हुन्छ।’ आगामी पार्टी रणनीति पनि बैठकले तय गर्ने उनले बताए। बैठकमा ९० जना बढी केन्द्रीय सदस्य उपस्थित रहेको उनले दाबी गरे।

    पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीसँग एकताका विषयमा ठोस छलफल गर्ने तयारी भएपनि कुरा नमिल्दा माधव नेपाल समूह सरकारमा जाने वा पार्टी एकता गर्ने भन्ने विषयमा अलमलमा छ। तर माधव नेपाल पक्षको बैठकमा सहभागि नहुन एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले विज्ञप्ति निकालेर नेता कार्यकर्तालाई आग्रह गरेका छन्।

    images