आइतबार, कार्तिक १६ गते २०८३
images
images

सांसद ओलीलाई कसले बनायो बन्धक ?असह्य पीडा भएपछि ट्वाइलेटको चप्पल लगाएर भागेको खुलासा

एक्सप्रेस पाना
श्रावण २१, २०७८ बिहीबार
  • 399
    SHARES
  • सांसद ओलीलाई कसले बनायो बन्धक ?असह्य पीडा भएपछि ट्वाइलेटको चप्पल लगाएर भागेको खुलासा

    काठमाडौँ । लुम्बिनी प्रदेश सांसद बिमला खत्री ओलीले आफूलाई तीन दिनसम्म मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्धक बनाइएको बताएकी छिन् । 

    images

    बिहीबार पत्रकार सम्मेलन गर्दै आफूलाई नेपालगन्ज लैजाने भन्दै बुटवल पुर्‍याइएको र मुख्यमन्त्री निवासमा बन्धक बनाइएको बताइन् । 

    उनले विज्ञप्तिमार्फत यसअघि प्रकाशित भएको विज्ञप्तिमा जबरजस्ती हस्ताक्षर गर्न लगाइएको पनि आरोप लगाएकी छिन् । एमाले सचेतक भुमीश्वर ढकाल र स्थानीय नेता मानबहादुर रावतले अस्पताल लैजाने भन्दै बुटवल पुर्‍याएको उल्लेख गरेकी छिन् । 

    images

    उनले भनेकी छन्, ‘साउन १५ गते बिहान ११ बजेतिर म अस्पताल जाने तयारी गर्दैथिएँ । त्यतिकैमा एमाले सचेतक ढकाल र स्थानीय नेता रावत आउनुभयो । उहाँहरुले मलाई एमाले आउन आग्रह गर्नुभयो । मैले उपचारमा नेपालगन्ज जानु छ, भनेपछि उहाँहरुले हामी पनि जाने हो भन्दै सँगै गाडीमा लैजानुभो । तर, अकस्मात आधा बाटोबाट गाडी मोडिएर मुख्यमन्त्री कार्यालय पुर्‍याइयो ।’

    मुख्यमन्त्री कार्यालयमा पुगिसकेपछि पनि आफूलाई निरन्तर दवाव आएको तर आफूले इन्कार गरिनै राखेको उनको भनाइ छ । उनले भनिन्, ‘तीन दिनसम्म मुख्यमन्त्री कार्यालयमा छलफल गरेर दवाव दिइयो । कतै निस्किन पनि दिइएन । एमालेको तर्फबाट आएको विज्ञप्तिमा के लेखिएको थियो । त्यो पनि पढ्न दिइएन । मलाई जबरजस्ती हस्ताक्षर गराइयो ।’

    उनले अहिले पनि माओवादी केन्द्रमै रहेको जिकिर गरेकी छन् । यसपटक गरी ओलीले तीन पटकसम्म दल अदलबदल गरिसकेकी छन् । 

    Bimala-Oli-Press-Statement-1.jpg

    Bimala-Oli-Press-Statement-2.jpg