काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा शुरू भएको छ। कार्यदलले बुझाएको न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन, सरकारमा सहभागितालगायतका विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए।
कार्यदलले आज गठबन्धनका शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएको थियो। सहभागीको प्रतिवेदनका आधारमा बैठकमा छलफल हुनेछ ।
.jpg)

