आइतबार, कार्तिक १६ गते २०८३
images
images

बाढीपहिरो निरीक्षणमा प्रचण्डसहितको टोली मनाङ प्रस्थान,कस्तो छ कार्यतालिका ?

एक्सप्रेस पाना
श्रावण २३, २०७८ शनिबार
  • 389
    SHARES
  • बाढीपहिरो निरीक्षणमा प्रचण्डसहितको टोली मनाङ प्रस्थान,कस्तो छ कार्यतालिका ?

    काठमाडौँ । बाढीपहिराले पुर्‍याएको क्षति निरीक्षणका लागि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल हिमाली जिल्ला मनाङ पुगेका छन्।

    images

    असार १ गतेको बाढीपहिरोले मनाङ भएको भौतिक क्षतिको अवलोकन गर्न उनी मुस्ताङ पुगेका हुन्। पूर्वप्रधानमन्त्री प्रचण्ड, ऊर्जामन्त्री भुसालसँगै पूर्वमन्त्रीद्वय देव गुरुङ र टेकबहादुर गुरुङ, ऊर्जा सचिव, विद्युत् प्राधिकरणका प्रमुखलगायतको टोलीले मनाङमा बाढीपहिरोले क्षति पुर्‍याएका क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम रहेको छ।

    ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा अध्यक्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड त्यसतर्फ प्रस्थान गरेका हुन्।

    images

    टोलीले मनाङ ङिस्याङ गाउँपालिकाको तिमाङ, चामे गाउँपालिकाको चामे, नासों गाउँपालिकाको दानाक्यु, तिल्चेताललगायतका स्थानको भौतिक क्षति पुगेको संरचनाको अवलोकन गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए।

    उनीहरुले भौतिक क्षति पुगेको संरचनाको मर्मत तथा सम्भारका सम्बन्धमा सम्बन्धित निकायसँग छलफल गर्ने कार्यक्रमसमेत रहेको छ।