आइतबार, कार्तिक १६ गते २०८३
images
images

महाधिवेशन केन्द्रित एमाले केन्द्रीय कमिटीको बैठक सुरु, के के छन् ? प्रस्तावित तयारी 

एक्सप्रेस पाना
श्रावण २५, २०७८ सोमबार
  • 320
    SHARES
  • महाधिवेशन केन्द्रित एमाले केन्द्रीय कमिटीको बैठक सुरु, के के छन् ? प्रस्तावित तयारी 

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बैठक सुरु भएको हो।

    images

    बैठकले विधान संशोधनका लागि स्थायी समिति बैठकले पारित गरेको प्रस्तावमाथि छलफल गर्नेछ। अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकबाट उक्त प्रस्ताव पारित गर्ने तयारी गरेका छन्। यसअघि आजै बसेको स्थायी समिति बैठकले अब पार्टीमा अध्यक्ष र महासचिव मात्रै निर्वाचित हुनेगरी विधान संशोधन गर्ने निर्णय गरेको छ । स्थायी समिति बैठकबाट उक्त प्रस्ताव पारित भएको हो।

    स्थायी समिति बैठकमा अब हुने दशौँ महाधिवेशनमा अध्यक्ष र महासचिव मात्रै निर्वाचित हुने गरी विधान संशोधनको प्रस्ताव भएको हो। उक्त प्रस्तावलाई स्थायी समितिले पारित गरेर केन्द्रीय कमिटीमा पठाएको छ। पारित प्रस्तावअनुसार अब एमालेले अध्यक्ष र महासचिव मात्रै महाधिवेशनबाट निर्वाचित गर्नेछ। बाँकी रहेका पदाधिकारी निर्वाचित सदस्यहरुबाट छनोट गरिने गरी प्रस्तावमा समेटिएको छ।

    images

    पारित प्रस्तावअनुसार अब एमालेले अध्यक्ष र महासचिवसहित २२५ जनाको केन्द्रीय कमिटी महाधिवेशनबाट निर्वाचित गर्नेछ । सोही निर्वाचित कमिटीले बाँकी पदाधिकारी छनोट गर्नेछ।