काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिएका छन्। प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनु अगावै उनले राजीनामा दिएका हुन्।
उनीविरुद्ध कांग्रेस, माओवादी, जसपालगायतको गठबन्धनले प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। उक्त प्रस्तावमाथि आज नै निर्णयार्थ प्रस्तुत गर्ने तयारी संसद् सचिवालयको छ। अविश्वास प्रस्तावबारे आज दिउसो १ बजे बस्ने प्रदेशसभा बैठकमा टेबुल हुँदैछ।
प्रदेशसभाको विशेष अधिवेशन सुरु हुनअघि नै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका हुन्। प्रदेशसभामा मुख्यमन्त्री पोखरेल स्पष्ट अल्पमतमा छन्। एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको बताए।
उनका अनुसार मुख्यमन्त्री पोखरेल राजीनामा पत्र बुझाउन प्रदेश प्रमुख अमिक शेरचनलाई भेट्न गएका छन्। विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी सोनामलाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेका छन्।
एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धनबाट पोखरेल दाङ क्षेत्रनम्बर २ १ बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए। उनी २०७४ साल फागुन ३ गते पहिलोपटक र गत बैशाख १९ गते दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए।
.jpg)


