आइतबार, कार्तिक १६ गते २०८३
images
images

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक बस्दै : यी विषयमा हुँदैछ छलफल

एक्सप्रेस पाना
श्रावण २८, २०७८ बिहीबार
  • 369
    SHARES
  • देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक बस्दै : यी विषयमा हुँदैछ छलफल

    काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ। दिउँसो २ बजे सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक बस्ने तय भएको पार्टी केन्द्रीय कार्यलय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

    images

    बैठकमा महाधिवेशनको निर्वाचन कार्यतालिका, क्रियाशील सदस्यताको अनुमोदन र निर्वाचन निर्देशिका पारित गर्ने मुख्य एजेन्डा छन्। बैठकमा पेश गर्ने विषयको एकीकृत धारणा तय गर्न सभापति देउवा निवास बुढानिलकण्ठमा गएराति अबेरसम्म शीर्ष नेतासहित देउवापक्षिय नेताको बैठक बसेको थियो।

    वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय डाक्टर शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, मीनेन्द्र रिजाल, रमेश लेखक लगायत नेताहरुले छलफल गरेर बैठकको एजेन्डा तय गरेका हुन्।

    images

    एजेन्डा तय गरेपनि महाधिवेशन र क्रियाशिल सदस्यताको विषयमा लिएर कांग्रेसभित्र विवाद कायमै छ। सभापति देउवा आगामी भदौ १६ देखि १९ सम्म तोकिएको महाधिवेशन सार्ने पक्षमा छन भने वरिष्ठ नेता पौडेलले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नुपर्ने माग गर्दै आएका छन्।क्रियाशील सदस्यताको विवादले महाधिवेशन प्रभावित भएको छ।