आइतबार, कार्तिक १६ गते २०८३
images
images

लुम्बिनीमा ७ सदस्यीय मन्त्रिमण्डल विस्तार,  मन्त्री को को बन्ने ?

एक्सप्रेस पाना
श्रावण २८, २०७८ बिहीबार
  • 358
    SHARES
  • लुम्बिनीमा ७ सदस्यीय मन्त्रिमण्डल विस्तार,  मन्त्री को को बन्ने ?

    काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सानो आकारको मन्त्रिमण्डल गठन गर्ने भएका छन्। प्रदेशको मुख्यमन्त्रीमा आजै नियुक्त भएका मुख्यमन्त्री केसीले सुरुमा सात सदस्यीय मन्त्रिमण्डल गठन गर्न लागेका हुन्।

    images

    माओवादी, काँग्रेस, जसपा र स्वतन्त्र सांसदहरुलाई समेट्दै मुख्यमन्त्री केसीले सात सदस्यीय मन्त्रिमण्डल गठन गर्न लागेका हुन्। मुख्यमन्त्रीमन्त्री सहित माओवादीबाट २, काँग्रेसबाट १, जसपाबाट ३ जना र स्वतन्त्र एक सांसदलाई समेटेर मन्त्रिमण्डल विस्तार गर्न लागिएको स्रोतले जनाएको छ।

    काँग्रेसबाट डिल्लीबहादुर चौधरी, माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, जसपाबाट सुमन शर्मा रायमाझी, कुर्मती ढेँगा र सहसराम यादव मन्त्री बन्ने भएका छन भने स्वतन्त्र ९हृदयेश त्रिपाठी समूह० बाट अजय शाही मन्त्री बन्ने निश्चित भएको छ।

    images