आइतबार, कार्तिक १६ गते २०८३
images
images

सर्वोच्चद्वारा आज आलमको मुद्दा ‘हेर्न नमिल्ने’ 

एक्सप्रेस पाना
श्रावण २९, २०७८ शुक्रबार
  • 374
    SHARES
  • सर्वोच्चद्वारा आज आलमको मुद्दा ‘हेर्न नमिल्ने’ 

    काठमाडौँ । काँग्रेस नेता मोहम्मद अफताब आलमको मुद्दाको सुनुवाइ आज नहुने भएको छ । न्यायाधीश प्रकाशमान सिंह राउत र कुमार रेग्मीको इजलासमा रहेको आलमको मुद्दामा ‘हेर्न नमिल्ने’ आदेश गरिएको छ । 

    images

    २७ चैत २०६४ मा रौतहटमा बम विस्फोट गराएको र इँटा भट्टामा राखेर मजदुरहरूलाई जिउँदै जलाएको अभियोगमा पूर्व मन्त्री आलम हाल थुनामा रहेका छन् । 

    मृतकका परिवारको जाहेरीपछि तत्कालीन केपी ओली सरकारको पालामा उनी विरुद्धको मुद्दा अघि बढेको थियो । साक्षी र प्रमाणका आधारमा आलममाथिको अभियोग पुष्टि हुने देखिएको भन्दै जिल्ला र उच्च अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका थियो । सो आदेशका विरुद्धमा उनी सर्वोच्चमा पुगेका हुन् । अहिले आलम सांसद पदबाट निलम्बित छन् 

    images