काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो। केन्द्रीय कमिटी बैठकको तयारीका लागि बैठक बस्न लागेको पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए।
माओवादी केन्द्रले शनिबारका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ। यसअघि साउन २० गतेका लागि बोलाइएको बैठक शनिबारका लागि सारिएको थियो।
मन्त्रिपरिषद् बिस्तारलगायत विषयमा केन्द्रित हुनुपर्ने भन्दै बैठक सारिएको थियो। तर, मन्त्रिपरिषद् भने बिस्तार हुन सकेको छैन।
.jpg)


