काठमाडौँ । नेकपा माओवादी केन्द्र को केन्द्रीय समितिको बैठक शुरु भएको छ। बैठक बत्तीसपुतलीस्थित अनुमप क्याफेमा भर्खर शुरु भएको हो।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक तथा सांगठनिक पेश गरेपछि सदस्यहरुले त्यसमाथि छलफल गर्ने कार्यसूची तय गरिएको छ।
त्यस्तै, केन्द्रीय सदस्यहरुलाई संशोधित विधानको मस्यौदा अध्ययन गर्न दिइनेछ। दुई दिनसम्म चल्ने बैठकले नेताहरुको कार्यविभाजन गर्ने पनि बताइएको छ। बैठकमा चार वटा एजेण्डामाथि छलफल हुने स्थायी कमिटी सदस्य लिलामणी पोखरेलले जानकारी दिए।
पोखरेलका अनुसार राजनीतिक तथा साङ्गठानिक प्रतिवेदन, संशोधित विधान अध्ययन, समसामयिक जनीतिक अवस्था र नेताहरुको कार्यविभाजनबारे वैठकमा छलफल हुनेछ।आउने स्थानीय तहको चुनावमा पार्टीलाई कसरी जिताउने भन्नेबारे पनि केन्द्रीय कमिटीमा छलफल हुने बताइएको छ। माओवादीमा हाल १८७ जना केन्द्रीय सदस्य छन्। बैठक भोलिसम्मै जारी रहने माओवादी केन्द्रले जनाएको छ।
.jpg)


