काठमाडौँ । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान भएको छ। प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गते दिउँसो १ बजे प्रदेशसभाको नवौं अधिवेशन आह्वान गरेका हुन्।
यसअघिको सरकारले असार ३१ गते राति अधिवेशन अन्त्य गरी अध्यादेशबाट बजेट ल्याएको थियो। त्यसपछि चार दलले तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमागि छलफलका लागि विशेष अधिवेशन माग गरेका थिए। तर, अविश्वास प्रस्ताव निर्णयार्थ पेश हुनुअघि नै पोखरेलले राजीनामा दिएका थिए।
हाल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भइसकेका छन्। साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका केसीले तीस दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था भएकोले उनले विश्वासको मत लिने तयारी गरेका छन्।
.jpg)


