कमल बिक्रम जिसी,काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विभाजन वा एकताको निर्णायक मोडमा पुगेको बताएका छन्। बागमती प्रदेश सम्पर्क समितिको समानान्तर नेतृत्व घोषणा गर्न शंखमुलस्थित एवान पार्टी प्यालेसमा शनिबार आयोजित कार्यक्रममा नेता नेपालले केपी ओलीको अत्याचार सहन आत्मसमर्पण नगर्ने बताए।
नेता नेपालले ओलीले एकलौटी रूपमा पार्टीका गतिविधिहरू सञ्चालन गरिरहेको र विधान अधिवेशन तथा अन्य प्रक्रिया रोक्न आफूहरूले गरेको आग्रह नमानेकाले एकताको सम्भावना कमजोर भएको बताए। नेपालले भने, ‘ओलीकै केही मान्छेले मसँग विधान महाधिवेशन लगायतका गतिविधि रोक्छौं भने। तर केपी ओलीका महासचिवले आउनेहरू आउँछन्, जानेहरू जान्छन्। पार्टी अगाडि बढ्छ भनेको सुन्नुभयो होला। हामी टाङमुनी छिर्ने हुँदैन।’
माधव नेपाल पक्षले रामप्रसाद रिमालको अध्यक्षतामा समानान्तर प्रदेश सम्पर्क समिति घोषणा गरेको छ। समितिको उपाध्यक्षमा नवराज पौडेल, सचिव खेलनाथ सिग्देल र उपसचिव राजेन्द्र थापा रहेको रामेछाप सम्पर्क मञ्चका सचिव राकेश श्रेष्ठले बताए।
.jpg)


