आइतबार, कार्तिक १६ गते २०८३
images
images

माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी , यी एजेण्डामाथी हुँदैछ छलफल   

एक्सप्रेस पाना
श्रावण ३१, २०७८ आइतबार
  • 353
    SHARES
  • माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी , यी एजेण्डामाथी हुँदैछ छलफल   

    काठमाडौँ ।  नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको पूर्ण बैठक आज पनि बस्ने भएको छ। आजको बैठकमा अध्यक्ष प्रचण्डको राजनीतिक तथा सांगठनिक प्रस्तावमाथि छलफल सुरु हुँदैछ।

    images

    अध्यक्ष प्रचण्डले पेस गरेको संगठनात्मक, राजनीतिक र विधान सम्बन्धी प्रस्तावका विषयमा आइतबार ११ बजेबाट छलफल सुरु हुने कार्यतालिका रहेको छ। प्रस्तावमाथि छलफल गर्न केन्द्रीय सदस्यहरुलाई आठ वटा समूहमा बाँडिएको छ। समूहगत रुपमा छलफल गरी टोली नेताले निष्कर्षहरु बैठकमा पेश गर्ने नेता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले जानकारी दिए।

    नेकपा माओवादी अध्यक्ष प्रचण्डले शनिबारको बैठकमा आठ पृष्ठ लामो राजनीतिक तथा सांगठनिक प्रस्ताव कम्तीमा पेश गरेका थिए। सो प्रस्तावमा आगामी निर्वाचनसम्म वाम(लोकतान्त्रिक गठबन्धन) कायम राख्ने लगायतका विषय छन्।

    images

    सदस्यहरुको सुझावलाई समेत समेटेर प्रस्ताव पारित गर्ने र पार्टीको सांगठनिक संचरना तथा राष्ट्रिय सम्मेलनको विषयमा समेत बैठकले निर्णय गर्ने तयारी छ। प्रचण्डले पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका छन्।

    भदौ मसान्तभित्र पार्टी सदस्यता नवीकरण तथा वितरण अभियान चलाउने, असोज १० गते सेल र टोल भेला गर्ने, २० गते वडा सम्मेलन, ३० गते पालिका सम्मेलन, कात्तिक ३० गते जिल्ला सम्मेलन र मंसिर १५ गते प्रदेश सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव छ।

    केन्द्रीय महाधिवेशन नहुँदासम्म २९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव प्रचण्डले गरेका छन्। पार्टीका सबै समितिमा ३५ प्रतिशत महिला र २० प्रतिशत युवालाई राख्ने तथा केन्द्रीय कमिटीमा १५ प्रतिशत सदस्य दलितलाई राख्ने प्रस्ताव प्रचण्डले गरेका छन्।