आइतबार, कार्तिक १६ गते २०८३
images
images

महन्थ ठाकुरको मुद्दामा सुनुवाइ जारी, आयोगको निर्णय खारेजीमा आजै हेरफेर हुने   

एक्सप्रेस पाना
श्रावण ३२, २०७८ सोमबार
  • 335
    SHARES
  • महन्थ ठाकुरको मुद्दामा सुनुवाइ जारी, आयोगको निर्णय खारेजीमा आजै हेरफेर हुने   

    काठमाडौँ ।  जनता समाजवादी पार्टीको आधिकारिकताका सन्दर्भमा निर्वाचन आयोगको निर्णयविरुद्ध नेता महन्थ ठाकुरले दायर गरेको रिटमा अहिले सुनुवाइ जारी छ। न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ भइरहेको हो।

    images

    पार्टी आधिकारिकताको सन्दर्भमा आयोगले गरेको निर्णय खारेजीको मागदाबीसहित ठाकुरका तर्फबाट साउन ८ र १५ गते सर्वोच्च अदालतमा दुई थान रिट दायर गरिएको थियो। आयोगले जसपा विवाद समाधान गर्न स्थापनाकालका कार्यकारी समिति सदस्यलाई उपस्थित हुन भनेपछि पहिलो पटक सर्वोच्चमा रिट दायर गरिएको थियो भने दोस्रो पटक उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि रिट दायर भएको थियो। उक्त रिटमा साउन १० गते न्यायाधीश कुमार रेग्मीको एकल इजलासले छलफलमा बोलाउने आदेश गरेको थियो।

    त्यस्तै, साउन १५ गते न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार चुडालको इजलासले दुवै मुद्दालाई सँगै राखेर सुनुवाइ गर्न आदेश गरेको थियो। महन्थ ठाकुरको वारेस बनेर अधिवक्ता प्रदीपकुमार पाठकले दायर गरेको रिटमा यादव पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय जनता समाजवादी पार्टी ९जसपा० को विधान विपरीत भएको दाबी गरिएको छ।

    images

    रिटमा महन्थ ठाकुरको निर्णयानुसार २०७८ असार १ गते पेस भएको पदाधिकारी हेरफेरलाई अध्यावधिक गरी मान्यता प्रदान गर्नू भनी आयोगको नाममा परमादेशको आदेश जारी गर्ने मागदाबी गरिएको छ। यस्तै उपेन्द्र पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन हुने र पार्टीको केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुन जाने भएकाले आयोगको उक्त निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गर्न समेत मागदाबी गरिएको छ।